दक्षिण गेट अगाडि रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै १५ प्रदर्शनकारी पक्राउ

दक्षिण गेट अगाडि रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै १५ प्रदर्शनकारी पक्राउ

सोमवार, चैत्र १९ २०८०
सोमवार, चैत्र १९ २०८०
  • दक्षिण गेट अगाडि रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै  १५ प्रदर्शनकारी पक्राउ
    काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     
    सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 
     
    उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने दस पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
     
    रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवं अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij