ओत लागेको रुख ढलेर किच्दा पाल्पामा एक जनाको मृत्यु

ओत लागेको रुख ढलेर किच्दा पाल्पामा एक जनाको मृत्यु

आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • ओत लागेको रुख ढलेर किच्दा पाल्पामा एक जनाको मृत्यु

    काठमाडौं । पानी परेर ओत लागेको बेला हावाहुरीले रुख ढलेर किच्दा पाल्पाको तानसेनमा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका एक युवाको ज्यान गएको हो ।

    मृत्यु हुनेमा पाल्पाको कैलाशनगरका २० वर्षीया भुवन सिंजाली रहेका छन् । उनी तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरका बासिन्दा हुन् । 

    लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउदा सिंजालीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएकाे छ ।

    पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एकजना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij