गौरादहमा एक महिलाको हत्या, छिमेकी पक्राउ

गौरादहमा एक महिलाको हत्या, छिमेकी पक्राउ

शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • गौरादहमा एक महिलाको हत्या, छिमेकी पक्राउ

    काठमाडौं । झापाको गौरादहमा छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका  वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो ।

    बुधबार राति करिब ९ बजेको समयमा मुर्मू घरमा छिमेकी मेघराज दर्जीलाई चामल चोरिरहेको अवस्थामा सुमित्राले फेला पारेकी थिइन् ।

    रातको समयमा दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मूले फेला पारेपछि पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात्ती  प्रहार गरी घाइते बनाएर भागेका थिए ।

    घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्याएका थिए । घाइते मुर्मूको उपचारका क्रममा शुक्रबार दिउँसो १ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइतेको मृत्युपछि निजका आफन्तहरुले शुक्रबार अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएका थिए । उजुरी लगत्तै हत्यामा संलग्न दर्जीलाई इलाका  प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij