त्रिशूली दुर्घटना अपडेट : पाँचजना मृतकको सनाखत, एकजना बेपत्ता

त्रिशूली दुर्घटना अपडेट : पाँचजना मृतकको सनाखत, एकजना बेपत्ता

शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • त्रिशूली दुर्घटना अपडेट : पाँचजना मृतकको सनाखत, एकजना बेपत्ता

    काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन नजिक शनिबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने एक जना बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा-७ का ३५ वर्षीय अर्जुन सिर्मल र सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया र २८ वर्षकी अञ्जना रोकाया र नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।

    ट्याक्सी सडकदेखि झण्डै ७० मिटर तल नदीमा खसेको थियो र आधा भाग डुबेको अवस्थामा यात्रुको शव निकालिएको थियो ।

    ट्याक्सीमा रहेका गोरखा-७ का १८ वर्षीय दिवस रोकाया बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

    आज बिहान सवा सात बजे बा २ ज ४१९६ को ट्याक्सी पृथ्वी राजमार्गको मुग्लिनदेखि एक किलोमिटर पर इच्छाकामना गाउँपालिका-५ सिमलधारामा दुर्घटना भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij