भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे

भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे

शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे

    काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

    यसअघि पनि उनले निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए । तर बीचमा डा विष्णुदत्त पौडेलले सर्बोच्चबाट अन्तरिम आदेश ल्याएपछि उनी जिम्मेबारीबाट हटेका थिए ।

    पौडेलले राजीनामा दिएपछि तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. ऋषिकेश नारायण श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका थिए ।

    डा.श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाएसँगै चालिसेलाई जिम्मेवारी दिइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij