एसइई परिक्षा परिक्षा शान्तिपूर्ण रुपमा शुरु, २०६४ परिक्षा केन्द्रमा पाँच लाखबढी बिद्यार्थी सहभागि

एसइई परिक्षा परिक्षा शान्तिपूर्ण रुपमा शुरु, २०६४ परिक्षा केन्द्रमा पाँच लाखबढी बिद्यार्थी सहभागि

बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • एसइई परिक्षा  परिक्षा शान्तिपूर्ण रुपमा शुरु,  २०६४ परिक्षा केन्द्रमा पाँच लाखबढी बिद्यार्थी सहभागि

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)  आजदेखि शुरु भएको छ । बिहान ८ बजेबाट शुरु भएको परिक्षा ११ बजेसम्म सञ्चालन हुनेछ । चैत २७ गते सम्पन्न हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएका छन् । 

    कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुुसार, कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
     
    परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन भएका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij