आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सार विभागमा निरौला

आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सार विभागमा निरौला

बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सार विभागमा निरौला

    काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी शिवलाल तिवारीले पाएका छन् । महानिर्देशक भुपाल बरालको सरुवापछि रिक्त रहेको उक्त पदमा तिवारी नियुक्त भएका हुन् । तिवारी मंगलबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका थिए  ।

    त्यस्तै, भन्सार विभागका महानिर्देशक पनि फेरिएका छन् । विभागका महानिर्देशक शोभाकान्त पौडेलको सरुवा भएपछि ढुण्डीप्रसाद निरौला महानिर्देशकका रुपमा नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखका रुपमा नियुक्त गरेको छ । प्रमुखमा नियुक्त हुनुअघि उनी राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए ।

    त्यस्तै, राजश्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा धनीराम शर्मा सरुवा भएर गएका छन् । बजेट मशाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा पुगेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij