१२ कक्षामा अध्ययनरत युवतीको घाँटी रेटेर हत्या

१२ कक्षामा अध्ययनरत युवतीको घाँटी रेटेर हत्या

बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • १२ कक्षामा अध्ययनरत युवतीको घाँटी रेटेर हत्या

    काठमाडौं । पाल्पामा १२ कक्षामा अध्ययनरत एक युवतीको घाँटी रेटेर हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका–१ की ती युवतीको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा घर नजिकै फेला परेको हो।

    मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी १९ वर्षीया पद्मा ख्याहाको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको रिब्दीकोट गाउँपालिका –१ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ख्याहा मंगलवार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी थिइन ।

    अबेर साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा राती शव भेटिएको वडा अध्यक्ष पोखरेलले बताए । उनको घाँटी र हातका औलाहरू काटिएका छन् । घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिएको वडाध्यक्ष पोखरेलले बताए ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले घट्नाको पुष्टि गरेको छ । घट्नाको अनुसन्धानको लागि भैरहवाबाट कुकुर सहितको टोली घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij