आन्तरिक राजस्व विभागका महानिर्देशक बराल र उपमहानिर्देशक भट्टराइको सरुवा

आन्तरिक राजस्व विभागका महानिर्देशक बराल र उपमहानिर्देशक भट्टराइको सरुवा

मंगलवार, चैत्र १३ २०८०
मंगलवार, चैत्र १३ २०८०
  • आन्तरिक राजस्व विभागका महानिर्देशक बराल र उपमहानिर्देशक भट्टराइको सरुवा

    काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा भएको छ । सरकारले अर्थ मन्त्रालय मातहतको सो विभागका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।

    बराललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

    अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । तर, उनीहरुको जिम्मेवारी भने तोकिसकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij