म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात, जनजिवन प्रभावित

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात, जनजिवन प्रभावित

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात, जनजिवन प्रभावित

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । 

    हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए । 

    समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तुु, भेडाबाख्रालाई गोठमै राखेर सुुख्खा घाँस खुुवाएर राखेका छन् । 

    पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताए । घोडेपानी र पुुनहिल घुुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ । 

    यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए । 

    सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए। गहुुँ, जौ, केराउ, सुुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij