काठमाडौं । दशैँ मनाउन घटस्थापनादेखि काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या पाँच लाख ७६ हजार नाघेको छ ।
गत असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक यातायातमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा ७९ हजार ६७६ वटा सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । निजी सवारीसाधन प्रयोग गरेर घर जाने यात्रुको संख्या भने यस तथ्याङ्कमा समावेश छैन ।
यस वर्ष दशैँ मनाउन उपत्यका छाड्नेको संख्या गत वर्षको तुलनामा २० देखि ३० हजारले कम रहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशीमा आएको बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण यात्रुको संख्या घटेको हुन सक्ने अनुमान गरिएको छ ।