विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

    काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।  विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ ।

    यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन  गरी सवारी चलाएका २६ जना चालकलाई  कारबाही गरेको छ । उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij