काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा साइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थिति राष्ट्रपति भवनमा पौडेलले बुधबार बिहान १०:२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेपनि यस बर्ष टीका जमरा नलगाउने भएका छन् । गत वर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको भन्दै राष्ट्रपतिले साे कार्यक्रम राेकेका हुन् ।
गत बर्ष भदौ २३ र २४ गते जेनेनजी आन्दोलनका क्रममा ठुलाे धनजनको क्षति भएको थियाे । यश बर्ष पनि भदौ १० मा रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढीबाट हजाराैकाे ज्यान गएको र अरवाैकाे क्षति भएका कारण टीका लगाउने कार्यक्रम स्थगित गरिएको बताइएको छ ।