काठमाडौं । दुई वटा मोटरसाइकल ठोक्किँदा काठमाडौंमा नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ। मंगलबार राति ८ बजे नागार्जुन नगरपालिका–८ फस्कुमा दुई वटा मोटरसाइकल ठोक्किएर सो दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सितापाइलाबाट रामकोट जाँदै गरेको बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२– ००३ प ६७१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। सो दुर्घटनामा परेर बा प्र ०२–०५४ प ०५५७ मा सवार उनी नेपाली सेनाका सिपाही २५ वर्षीय भिमराज तामाङको मृत्युु भएको हो ।
गम्भीर घाइते भएका नागर्जुन नगरपालिका–८ बस्ने तामाङलाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति उनको मृत्यु भएको जनाइएको छ ।
अर्को मोटरसाइकलका चालक सर्लाही घर भई ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।