संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन: सर्वोच्च अदालत

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन: सर्वोच्च अदालत

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन: सर्वोच्च अदालत

    काठमाडौँ ।  सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । 

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको  र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए । 

    “संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु”, प्रवक्ताले कोइरालाले भने, “२० गते साधारण तारेख रहेको छ ।” अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij