आज सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • आज सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । आज सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार,हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको हो । 

    पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। 

    आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा  पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ । 

    उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ । 
    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । 

    त्यसैगरी बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा  र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij