यातायातका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारकाे कव्जामा

यातायातका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारकाे कव्जामा

मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • यातायातका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारकाे कव्जामा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिक प्रहरीको मोबाइल जफत गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल जफत गरेको हो । 

    त्यसैगरी अख्तियारले  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । 

    नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइलसमेत जफत गरिएको अख्तियार श्रोतले जनाएको छ । त्यसैगरी लिखित परीक्षा दिई फेल भएको मितिले ३ महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीको उत्तरपुस्तिका पनि अख्तियारले जफत गरेको छ ।

    चाबहिलका कार्यालय प्रमुखसहित अन्य कर्मचारी र ट्राफिक  प्रहरीको मिलेमतोमा ५ हजारदेखि १० हजार लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास बनाउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij