काठमाडौं । सामाजिक अभियन्ता बताउँने युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले मंगलबार सफललाई पक्राउ गरेको हो ।
कारबाहीको लागि महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार भएपछि सफललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पत्र अनुसार अनुसन्धान गर्दा पौडेलले तथ्यहीन कुरा गरेको देखिएको प्रहरीको भनाइ छ ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले पुष्टि गरे ।
महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती गरेको प्रहरीको आरोप छ । सफलले विभिन्न मुद्दामा रकम लेनदेन गरेको भनी झूटो भिडिओ बनाउनुका साथै अन्तर्वाता दिएको पाइएको र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाएको प्रहरीले जनाएको छ ।