ओखलढुंगामा एक दम्पतीको विभत्स हत्या

ओखलढुंगामा एक दम्पतीको विभत्स हत्या

मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • ओखलढुंगामा एक दम्पतीको विभत्स हत्या

    ओखलढुंगा ।ओखलढुंगामा एक दम्पतीको हत्या भएको छ। मंगलबार बिहान करिब साढे ७ बजेतिर चिशंखुगढी गाउँपालिका ६ स्थित एक घरमा दम्पतीको हत्या भएको  अवस्थामा फेला पारिएको हो। 

    स्थानीय ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या भएको हो । लुटपाट गर्ने उद्देश्यले दम्पतीको हत्या भएको आशंका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले गरेको छ । 

    उनीहरूको घरमा रहेको किराना पसलमा भएको पैसा राख्ने स्थान  फुटाइएको अवस्थामा फेला परेकाले लुटपाटका लागि हत्या भएको प्रहरीको अनुमान छ। 

    सो घरमा दम्पतीमात्रै बस्दै आएका थिए । यसअघि पनि ओखलढुंगामा दम्पती र अर्का एक जनाको पनि हत्या भएको थियो। 

    हत्याको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली बोलाएका प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij