काठमाडौं । जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टीले इलाम–२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो । बझाङका लागि भने जनमतले उम्मेदवार तोकिसकेको छैन ।
इलाम क्षेत्रको उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङले उम्मेदवारी दिइसकेका छन् । त्यस्तै, स्वतन्त्र चुनाव लड्न पत्रकार मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलले उम्मेदवारी दिने वा गठबन्धन गरेर जाने भन्नेबारे टुंगो लगाएका छैनन् ।