नौ सिट जितेसंगै कांग्रेस बन्यो राष्ट्रियसभामा सबैभन्दा ठुलो दल

नौ सिट जितेसंगै कांग्रेस बन्यो राष्ट्रियसभामा सबैभन्दा ठुलो दल

आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • नौ सिट जितेसंगै कांग्रेस बन्यो राष्ट्रियसभामा सबैभन्दा ठुलो दल

    काठमाडौं । राष्ट्रियसभा  निर्वाचनमा कांग्रेस–एमाले( जसपा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट चुनाव लडेका सबै १८ जना सदस्य निर्वाचित भएका हुन् । 

    तालमेल अनुसार, नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र लोसपाका एक जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन्। नेपाली कांग्रेसका ९ जना निर्वाचित भएसंगै राष्ट्रिय सभामा कांग्रेस २५ सदस्यसहित  सबैभन्दा ठुलो दल बनेको छ ।

    कांग्रेसले आइतबार निर्वाचन भएका १८ मध्य ९ सिट जित्न सफल भएको हो। अब राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो। 

    त्यस्तै आजको चुनावबाट कतै उम्मेदवार जिताउन नसकेको नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा झरेको छ। यसअघि नेकपा पहिलो दल थियो। नेकपाका ९ सदस्य आजबाट बिदा भएका छन्। त्यस्तै एमाले ११ सिटसहित तेस्रो रहँदा राष्ट्रिय जनमोर्चका १ जना सांसद मात्रै रहेका छन्। राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये राष्ट्रपतिले ३ जना मनोनीत गर्ने व्यवस्था छ। चक्रिय प्रणालीमा परिवर्तन हुने राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ। 

    कहाँबाट कुन पार्टीका कस्ले जिते ? 

    कोशी प्रदेशबाट दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिलातर्फ पनि एमालेकै उम्मेदवार रोशनी मेचे विजयी भएका छन्। 

    कोशीमा मतदानअघि नै खुल्ला सदस्यमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। मधेश प्रदेशमा कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, एमालेबाट रेखाकुमारी झा र लोसपाबाट महन्थ ठाकुर निर्वाचित भए।  

    वागमती प्रदेशमा कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट कांग्रेसका प्राडा जगत तिमिल्सिना र एमालेकि सम्झना देवकोटा विजयी भएका छन्। 

    उता लुम्बिनी प्रदेशमा कांग्रेसका बासुदेव घिमिरे जंगली र चन्द्रबहादुर केसी विजयी भएका छन् । त्यसैगरी लुम्बिनीमा महिला कोटाबाट एमाले नेतृ रामकुमारी झाँक्री निर्वाचित भएकी छिन्। 

    कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल निर्वाचित भएका छन्। सुदूरपश्चिममा पनि नेपाली कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी विजयी भएकी छिन्।  

    नवनिर्वाचित सदस्यको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ। उनीहरुको कार्यकाल ६ वर्षको हुनेछ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij