नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त

नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त

आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त
    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गरेका छन् ।
     
    विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रशनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेका हुन् । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।
     
    प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरे । समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका छन् । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij