रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एक युवकको मृत्युु

रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एक युवकको मृत्युु

आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एक युवकको मृत्युु

    बुटवल । रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एक युवकको ज्यान गएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्याँस सिलिन्डर विष्फोट हुँदा २८ वर्षीय गोविन्द विश्वकर्माको मृत्यु भएको हो । 

    ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका विश्वकर्मा ग्याँस सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय मर्चवारका अनुसार फलाम काट्न प्रयोग गरिने ग्याँस सिलिन्डर अचानक विष्फोट हुँदा सो घट्ना भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij