विदेशमा स्थायी रूपमा बसोवास गर्न थालेपछि मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

विदेशमा स्थायी रूपमा बसोवास गर्न थालेपछि मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • विदेशमा स्थायी रूपमा बसोवास गर्न थालेपछि मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

    काठमाडौं । विदेशमा स्थायी रूपमा बसोवास गर्न थालेपछि मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो ।

    मोरङमा चालु आर्थिक वर्षको ८ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जसमा अघिल्लो आर्थिक वर्षमा १८ जनाले मात्र नागरिकता परित्याग गरेका थिए । 

    त्यस्तै, हालसम्म १ सय ८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ ।  गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरू मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको हो ।  एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको जनाइएको छ । 

    वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ । 

    विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको छ । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको जनाइएको छ । 

    युरोप, अमेरिका लगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij