देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैनः अध्यक्ष बिजुक्छेँ

देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैनः अध्यक्ष बिजुक्छेँ

आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैनः अध्यक्ष बिजुक्छेँ

    भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् ।

    नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठी एवं पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको राजनीतिक अवस्था सङ्लो नहुँदा देश समस्यामा पर्ने बताए ।

    “यतिखेर हरेक राजनीतिक पार्टीहरू भताभुङ्ग अवस्थामा छन् । पार्टीहरू फुटिरहेका छन्”, अध्यक्ष बिजुक्छेँले भने । 

    अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा राखेर राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नेमकिपाले यो बाटोलाई कहिल्यै नछाडेको र नेमकिपाले नयाँ ढङ्गले राजनीतिलाई अगाडि बढाइरहेको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij