काठमाडौं । राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । शनिबार दिउँसो काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको हो ।
आईक्यू एयरको दिउँसो २ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई २ सय १ रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।
इजिप्टको कायरो विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई २४२ रहेको छ । अफगानिस्तानको काबुल र बंगलादेशको ढाका १९५ एक्यूआईसहित तेस्रो र चौथो प्रदूषित शहरको सूचीमा परेको छ । त्यस्तै, पाकिस्तानको लाहोर १८९ र भारतको कोलकाता १८७ एक्यूआईसहित क्रमश पाँचौं र छैठौं स्थानमा रहेका छन् ।
० देखि ५० सम्मको एक्यूआई मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको मध्यम मानिन्छ । त्यसैगरी १०१ देखि १५० सम्मको संवेदनशील समूहका लागि स्वस्थ्यकर, १५१ देखि २०० सम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म एकदमै अस्वस्थकर र ३०१ देखि माथि घातक मानिन्छ ।