प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँ–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँ–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँ–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

    काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुई जनाको उम्मेदवारी खारेज गरिएको छ । 

    निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं–१० का उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको जानकारी पाएपछि जाँच गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij