वचतकर्ताको पैसा लिएर काठमाडौंको मिनि सहकारीका ६ सञ्चालक फरार, अध्यक्ष पक्राउ

वचतकर्ताको पैसा लिएर काठमाडौंको मिनि सहकारीका ६ सञ्चालक फरार, अध्यक्ष पक्राउ

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • वचतकर्ताको पैसा लिएर काठमाडौंको मिनि सहकारीका ६ सञ्चालक फरार, अध्यक्ष पक्राउ

    काठमाडौं । बचतकर्ताको बचत रकम ठगेर मिनि बचत तथा ऋण सहकारी संस्थाका ६ जना फरार भएका छन् भने एक जना पक्राउ परेका छन् । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका-५ मुग्लिन घर भई हाल काठमाडौ जिल्ला किर्तिपुर नगरपालिका-३ बस्दै आएका सहकारीका अध्यक्ष राममणि त्रिपाठी पक्राउ परेका हुन् । अन्य ६ जना भने फरार रहेका छन् । 

    काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा रहेको उक्त सहकारीका बचतकर्ता ईश्वर गजुरेलको ४ लाख ३३ हजार ९७ रुपैयाँ फिर्ता नभएपछि प्रहरीमा उजुरी दिएका थिए । उनको उजुरीपछि काठमाडौं जिल्ला अदालतमा ७ जनाविरुद्ध मुद्दा दायर भएको थियाे । ७ जनामध्ये १ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् ।

    फरार हुनेमा धादिङ जिल्ला गजुरी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने सहकारीका उपाध्यक्ष तथा प्रवन्धक समुन्द्र सागर कँडेल, सहकारीका सचिव – धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका- ६ का प्रमोद सिलवाल रहेका छन् ।

    त्यस्तै, सहकारीका कोषाध्यक्ष – धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-७ का प्रविन सिलवाल पनि फरार रहेका छन् । अर्का फरार हुनेमा धादिङको गल्छी गाउँपालिका-२ की प्रमिला अधिकारी छिन् । उनी सहकारीको सदस्य हुन् । सहकरीमा सदस्य रहेकी धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका-३ की सुलोचना सिल्वाल, सहकारीका सदस्य धादिङको सिद्धलेक गाउँपालिका-६ का प्रकाश पन्त फरार रहेको प्रहरीले जनाएको छ ।

    सहकारीका बचतकर्ता गजुरेलले आफूले बचत गरेको पैसा फिर्ता लिन जाँदा विभिन्न प्रलोभनमा पारेर बचत समयमा फिर्ता नदिएको र पछि सहकारी सञ्चालकहरु फरार भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij