आजको काँग्रेस बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीमा अघिसार्ने

आजको काँग्रेस बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीमा अघिसार्ने

शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • आजको काँग्रेस बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीमा अघिसार्ने

    काठमाडौँ । नेपाली काँग्रेसको आज बस्ने  केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीमा अघिसार्ने  भएको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ। 

    सो वैठकले पार्टीका तर्फबाट सभापति थापालाई आगामी प्रधानमन्त्रीका रूपमा अघिसार्न लागेको हो । 

    कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपामा बस्न लागेको जानकारी दिए। यसअघि होटल र पार्टी प्यालेसमा बस्दै आएको वैठक पहिलोपटक पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । 

    कांग्रेसको पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको थियो । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन पार्टी पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij