एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी

एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी

बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी

    काठमाडौँ ।  एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । 

    च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए । 

    आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को  खेलमा न्युरोड टिम ९एनआरटी०ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । 

    एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij