विज्ञापन कर नतिरेका होडिङ बोर्ड हटाउँदै मध्यपुर थिमि  नगरपालिका

विज्ञापन कर नतिरेका होडिङ बोर्ड हटाउँदै मध्यपुर थिमि  नगरपालिका

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • विज्ञापन कर नतिरेका होडिङ बोर्ड हटाउँदै मध्यपुर थिमि  नगरपालिका

    भक्तपुर। मध्यपुर थिमि  नगरपालिकाले विज्ञापन कर नतिरेका होडिङ बोर्ड हटाउने भएको छ । नगरपालिकाले आज सूचना प्रकाशित गर्दै ३० दिनभित्र विज्ञापनको कर तिर्न ताकेता गरेको हो । 

    मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूमा यस नगरपालिकाको अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावि रूपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरूको विज्ञापन तथा प्रचार–प्रसार सामग्रीहरू राखिएको पाईएको सूचनामा जनाइएको छ । 

    अनुमति नलिई तथा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ्ग बोर्ड, फ्लेक्स,  व्यानर, डिस्प्ले बोर्ड, परिचयपाटि, वाल सटर पेन्ट्स, लोगो तथा चिन्ह लगायतका सम्पूर्ण विज्ञापन सामग्रीको ३० दिनभित्रैमा नगरपालिका राजस्व प्रशासन शाखामा कर बुझाउन नगरपालिकाले सूचनामा ताकेता गरेको छ । 

    कर नतिरि त्यस किसिमका विज्ञापनका सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरूलाई आर्थिक ऐन, २०८० बमोजिम लाग्ने विज्ञापन कर तिर्न बुझाउन सूचनामार्फत् अनुरोध गरिएको छ । यदि सो समयसम्म अनुमति नलिए वा राजस्व नबुझाए कर नतिरि राखिएका सम्पूर्ण विज्ञापन सामग्रीहरू हटाई जफत गरिने सूचनामा जनाइएको छ । 

    mp.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij