अमेरिकाबाट ९० जना नेपाली देश निकाला, अहिलेसम्म डिपोर्ट हुनेको संख्या ४ सयभन्दा बढी

अमेरिकाबाट ९० जना नेपाली देश निकाला, अहिलेसम्म डिपोर्ट हुनेको संख्या ४ सयभन्दा बढी

बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • अमेरिकाबाट ९० जना नेपाली देश निकाला, अहिलेसम्म डिपोर्ट हुनेको संख्या ४ सयभन्दा बढी

    काठमाडौँ ।  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए ।

    डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij