सर्वोच्चले माग्यो आयोगसँग ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै लिखित जवाफ

सर्वोच्चले माग्यो आयोगसँग ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै लिखित जवाफ

बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • सर्वोच्चले माग्यो आयोगसँग ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै लिखित जवाफ

    काठमाडौं । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ ।

    सर्वोच्च अदालतबाट यसअघि भएको ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी दिएको आदेश कार्यान्वयन नभएको भन्दै दायर रिटमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगसँग महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

    ‘राइट टू रिजेक्ट’को व्यवस्था कार्यान्वयन नभएपछि अधिवक्ता श्रीना नेपालसहितले सर्वोच्चमा अवहेलना निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्चले दुई पटक निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था गर्नु भनी फैसला गरेको तर कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij