निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन, एकै पटक १५ जनाले फोनमा कुरा गर्न मिल्ने

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन, एकै पटक १५ जनाले फोनमा कुरा गर्न मिल्ने

बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन, एकै पटक १५ जनाले फोनमा कुरा गर्न मिल्ने

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।

    आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    छ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij