प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  ३४८४ को उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  ३४८४ को उम्मेदवारी

बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  ३४८४ को उम्मेदवारी

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  ३४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार भएको मनोनयन दर्ताका क्रममा उल्लेख संख्यामा मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।
     
    कुल उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र १ जना अन्य समूहका छन् । राजनीतिक दलको तर्फबाट २ हजार २९७ जनाले मनोनयन दर्ता गराउँदा २३५ महिला, २ हजार ६४ पुरुष र १ जना अन्य समूहका उम्मेदवार रहेका छन् । 

    स्वतन्त्र उम्मेदवारको संख्या ११८७ रहेको छ, जसमा १६० महिला र १ हजार २४ पुरुष छन् । ५१ देखि ६५ वर्ष उमेर समूहमा १ हजार ९० जना उम्मेदवार छन् । त्यस्तै ६५ वर्षभन्दा माथि उमेर समूहका २०१ जनाले उम्मेदवारी दिएका छन् । 

    निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल ६८ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij