सुनकोशीमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

सुनकोशीमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • सुनकोशीमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा ३ जना बालबालिका बेपत्ता भएका थिए ।

    आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं.५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं.१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो । अहिले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर परिचालन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij