काठमाडौं । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
सोमबार पोखराबाट पक्राउ परेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा रिहा गर्न निर्देशन दिएको हो ।
सोही आदेशअनुसार उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रसाईंले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप लगाएका थिए ।