काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार सचिन तिमल्सेना

काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार सचिन तिमल्सेना

मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार सचिन तिमल्सेना

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू लगातार विजयी हुँदै आएको निर्वाचन क्षेत्र काठमाडौं–४ बाट सचिन तिमल्सेनालाई उम्मेदवार बनाएका छन् । यसपटक थापा भने सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिने भएका छन् ।

    कांग्रेस संसदीय बोर्डले हालै तिमल्सेनालाई काठमाडौं–४ का लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमल्सेना नेपाल तरुण दल (युथ कांग्रेस) का अध्यक्ष हुन् ।

    २०७९ सालको निर्वाचनमा पनि थापाले यस क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने प्रयास गरेका थिए । तर, तत्कालीन सभापति शेरबहादुर देउवाले गगन बाहेक अन्यलाई टिकट नदिने अडान लिएपछि नैनसिंह महरलाई उम्मेदवारी दिइएको थियो । त्यसपछि अन्ततः थापा स्वयं काठमाडौं–४ बाट चुनाव लडेका थिए ।

    यसपटक भने थापा मधेश प्रदेश अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने निश्चित भएको छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरशकुमार सिंहलाई उम्मेदवार बनाइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij