भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिएकी छिन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी छिन् ।

    दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएकी हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

    दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन् । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij