डुम्रे-बेँसीसहर खण्ड आंशिक रूपमा अवरुद्ध हुने

डुम्रे-बेँसीसहर खण्ड आंशिक रूपमा अवरुद्ध हुने

मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • डुम्रे-बेँसीसहर खण्ड आंशिक रूपमा अवरुद्ध हुने

    दमौली । जिल्लाको डुम्रे बेँसीसहर सडकखण्ड आंशिक समय अवरुद्ध गरिएको छ । डुम्रे(बेँसीसहर(चामे सडक आयोजनाअन्तर्गत भानु नगरपालिका क्षेत्रभित्र पर्ने चाम्बासबाट ढुकुर्दी क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नतिका लागि आंशिक रूपमा अवरुद्ध गरी काम थालिएको हो ।

    उक्त क्षेत्रमा सडक उत्खनन गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा निर्माणलाई सहज रूपमा सम्पन्न गर्न निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    कार्यालयका प्रशासकीय अधिकृत विकालस श्रेष्ठले जारी गरेको सूचना अनुसार सोमबारदेखि माघ १५ गतेसम्म उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म, बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि ९ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    उक्त अवधिमा डुम्रे(बेँसीसहर(चामे सडक प्रयोग गर्ने सवारीसाधन, यात्रु तथा सर्वसाधारणलाई कठिनाइ हुनसक्ने भएकाले अत्यावश्यक काम परेमा वैकल्पिक रूपमा तुरतुरे(पालुङटार(खत्रीटार हुँदै विमलनगरको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij