पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • पूर्वराज्यमन्त्री  गोविन्दनाथ उप्रेतीको निधन

    काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । 

    लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उनको श्रीमतिको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए । आज बिहान ३ बजे उनको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताए । लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित हुनुभएको उहाँलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित थिए । 

    तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री हुनुभएको उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरे । एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेको उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो । काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ । 

    आज उनीप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने लामाले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij