ललितपुर । ललितपुरमा गएराती मदिरा खाएर होली खेल्ने क्रममा झडप हुंदा दुईजनाको मृत्यु,भएको छ । झडपमा संलग्न भएको अभियोगमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा आईतवार राति नौ बजे दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई घाइते अवस्थामा राति ११ बजे पाटन अस्पतालमा ल्याएपछि प्रहरीलाई घट्नाको जानकारी भएको थियो । अस्पतालमा पुुर्याए लगत्तै चिकित्सकले उनीह्रुलाई मृत घोषणा गरेका थिए । तत्कालै घटनास्थलमा पुुगेको प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएर अनुुसन्धान अघि बढाएको छ । घटनाको कारण खुल्न सकेको छैन । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।