चुनावी सरकारका दुई मन्त्रीले आज राजीनामा दिने

चुनावी सरकारका दुई मन्त्रीले आज राजीनामा दिने

सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • चुनावी सरकारका दुई मन्त्रीले आज राजीनामा दिने

    काठमाडौं । चुनावी सरकारका दुई मन्त्रीले आज राजीनामा दिने भएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका उनीहरुले चुनाव लड्नका लागि राजीनामा दिन लागेका हुन् । 

    राजीनामा दिन लागेकामा सञ्चार सूचना प्रबिधि मन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बव्लु गुप्ता रहेका छन् । उनिहरूले राजीनामा बारे प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गराइसकेका छन् ।एक मन्त्रीका अनुसार, उनीहरूका अलवा थप एक मन्त्रीले समेत चुनावमा उमेदवार बन्न राजीनामा दिने सम्भावना रहेको छ । उनीहरू दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने भएकाले राजीनामा दिन लागेका हुन्। 

    यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए। घिसिङले पनि चुनावमै उम्मेदवार बन्न राजीनामा दिएका हुन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij