धरान । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले राजीनामा दिएका छन् । साम्पाङले आज अपरान्ह नगर प्रमुखबाट राजीनामा दिएका हुन् ।
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरेका थिए ।साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका थिए ।
आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि नगर प्रमुखसंगै प्रतिस्पर्धा गर्न भट्टराईले राजीनामा दिएका हुन् ।