पार्टीका सबै मिलेर अघि बढ्नुपर्छ: निवर्तमान उपसभापति गुरूङ

पार्टीका सबै मिलेर अघि बढ्नुपर्छ: निवर्तमान उपसभापति गुरूङ

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • पार्टीका सबै मिलेर अघि बढ्नुपर्छ: निवर्तमान उपसभापति गुरूङ

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरूङले पार्टीका सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्। नेता शेखर कोइरालाले काठमाडौंको बत्तिसपुतलीमा आज राखेको भेलामा बोल्दै गुरूङले भने, ‘अहिलेको विषयलाई त्यतिधेरै तिललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन। यसलाई सामान्य रूपमा नै ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ।’

    उनले नयाँ परिस्थितिमा कांग्रेस मिलेर अघि बढनुपर्ने पनि बताए। ‘हामी सबैको एउटै कुरा  हो– मिलेरै अघि बढने हो। कांग्रेस भनेको मैले पटक पटक भन्ने गरेको छु– कांग्रेस भनेको एउटा घर हो। एउटा परिवार हौं हामी। त्यसकारणले गर्दा परिवारमा कहिलेकाहीँ झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो यो,’ उनले भने। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij