निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार धरौटी राख्नुपर्ने

निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार धरौटी राख्नुपर्ने

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार धरौटी राख्नुपर्ने

    काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ। 

    निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातबारे जानकारी दिएको छ। त्यसमा उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख गरिएको छ। 

    आयोगले भनेको छ,  ‘प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर।’

    महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। आयोगले भनेको छ, ‘महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुप्ले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।’ 

    candidate-2_7I62QAxn40.jpg

    candidate-1_JhuHTQYXM5.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij