काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय लोकबहादुर मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेका छन् ।
उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।
बेपत्ताहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । ८ जनाको समूहमा रहेका उनीहरूमध्ये तीन जना बेपत्ता र पाँच जनाको स्थानीयले उद्धार गरेको उनले बताए। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।