काठमाडौं । चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ । बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको हो ।
सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेका दुवैलाइ उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको हो।
उक्त दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए।