एमालेले इलाम–२ मा सुहाङलाई उम्मेदवार बनाउने, बझाङ १ मा भण्डारी तय

एमालेले इलाम–२ मा सुहाङलाई उम्मेदवार बनाउने, बझाङ १ मा भण्डारी तय

आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • एमालेले इलाम–२ मा सुहाङलाई उम्मेदवार बनाउने, बझाङ १ मा भण्डारी तय

    काठमाडौं । नेकपा (एमाले) ले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले आगामी वैशाख १५ गते हुने संसदीय उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।”

    यस्तै बझाङ प्रदेशसभा (१) मा नेता दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सुहाङ गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् । पार्टीको जिल्ला कार्यसमितिले सुहाङको सहित अन्य ५ जनाको नाम सिफारिस गरेको थियो । पार्टी केन्द्रले सुहाङको नाममा निर्णय गरेको हो ।

    संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङ हृदयघातका कारण गत भदौ २६ गते बिते । त्यसपछि रिक्त उक्त क्षेत्रमा वैशाख १५ मा निर्वाचन हुँदैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij