बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

    काठमाडौं ।  दाङ देउखुरीको राजपुरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार राजपुर र लमही नगरपालिका–८ जहरेचोकमा राजमार्ग अवरुद्ध पारेका हुन् ।

    हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् । राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले प्रहरीको तैनाथी बढाइएको विषयमा पनि विरोध गरेका छन् ।

    शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका( ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख२३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षका प्रदीप यादवको मृत्यु भएको थियो ।

    घटना हुलाकी राजमार्गमा भए पनि गढवा चौकीमा भएको वार्तामा कुरा नमिलेपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij